२०८१ माघ १२ गते शनिवार

नेपाल संस्कृत विश्व विद्यालयमा दुई विद्यार्थी संगठनकाे अनिश्चितकालीन तालाबन्दी



दाङ, ३ असार ।
नेपाल संस्कृत विश्व विद्यालयमा दुई विद्यार्थी संगठनले अनिश्चित कालका लागि तालाबन्दी गरेका छन् । ने.वि.संघ र अखिल क्रान्तिकारीले आफ्ना माग पुरा नभए सम्मका लागि अनिश्चित कालिन तालाबन्दी गरिएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

विद्यार्थीहरुले विभिन्न माग राख्दै विश्व विद्यालयका सम्पूर्ण कार्यकक्ष, डिनको सम्पूर्ण कार्यकक्षमा तालाबन्दी गर्दै आफ्ना मागहरु यथाशिघ्र पुरा गर्न चेतावनी दिएका छन् ।

उनिहरुले केन्द्रिय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने विश्वविद्यालयका करार शिक्षकको अवधि थप गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगको न्यूनतम मापदण्ड अनुसार तत्काल अस्पताल निर्माण गर्ने र ओएम सर्भे गरि जनशक्ति नियुक्ति गर्न माग गरेका छन् ।

यस्तै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुलाई इन्र्टन भत्ताको तत्काल व्यवस्था गर्न, कुलसचिवको अगुवाइमा विविध भवन निमार्ण, बोटानिकल गार्डेन, अन्य विविध पक्षमा आर्थिक अनियमितता र नितिगत भ्रष्टाचार भएकाले तत्काल पदबाट राजिनामा दिइ निष्पक्ष रुपमा छानबिन गर्न बाटो खुल्ला गर्नुपर्ने माग गरेका छन् । तालाबन्दी गर्नु अघि विद्यार्थिहरूले कुलसचिव माधव अधिकारीकाे पुत्ला दहन समेत गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार