२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा जेठ महिनामा दुई जनाले त्यागे नेपाली नागरिकता



दाङ, ५ असार ।
दाङमा जेठ महिनाको अवधिमा दुई जनाले नेपाली नागरिकताले त्यागेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार घोराहीका दुई जनाले नेपाली नागरिकता त्यागेका हुन्।

यस्तै एक महिनाको अवधिमा दुई जनाले गैरआवसिय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै जेठ महिनामा मात्रै दाङमा एक हजार ७३२ जनाले राहदानी लिएका छन् । सबैभन्दा धेरै ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट ८७१ जनाले राहदानी लिएका छन् । घोराहीबाट ५८० र लमहीबाट २८१ जनाले राहदानी लिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार राहदानीका लागि दुई हजारले सिफारिस लिएका छन् । एक महिनाको अवधिमा घोराहीबाट मात्रै एक हजार ७५४ जनाले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गरेका छन् ।

यसैगरी एक महिनाको अबधिमा दुई हजार बढीले नागरिकता प्राप्त गरेका छन् । ईलाका प्रशासन कार्यालय तुलसीपुर, जिल्ला प्रशासन कार्यालय घोराही र लमहीबाट गरी एक महिनामा दुई हजार ३२० जनाले नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय घोराहीबाट ७७६, इलाका प्रशासन तुलसीपुरबाट ९७१ र लमहीबाट ५७३ गरी दुई हजार ३२० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको हो ।

प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार