२०८१ माघ ६ गते आइतवार

राष्ट्रिय परिचयपत्रको नम्बर घरमै बसेर मोबाइलबाटै थाहा पाउने सजिलाे उपाय



दाङ, ६ असार ।
मोबाइलबाटै राष्ट्रिय परिचयपत्रको नम्बर हेर्न सकिने भएको छ । मोबाइलको मेसेज बक्समा गएर N टाइप गरी एक स्पेस छोडेपछि राष्ट्रिय परिचय पत्र आवेदन फाराममा रहेको १६ अंकको नम्बर टाइप गरी ३०००१ मा मेसेज गर्न सकिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

यसरी घरमा वा वडामा गएर हेरिसकेपछि मात्रै जिल्ला प्रशासनमा जाँदा सेवा छिटो प्राप्त गर्न सकिने कार्यालयले स्पष्ट पारेको छ ।

सेवाग्राहीले नम्बर नहेरेर सिधै कार्यालयमा जाँदा सेवाग्राहीको भिडभाड लाग्न थालेपछि सरकारले सेवामा छिटो छरितोको लागि मोबाइलमै नम्बर हेर्न सकिने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार