तुलसीपुर,७ असार ।
तुलसीपुर उपमहानगरपालिकाकाे शहरी क्षेत्रमा पानी वितरण गर्ने खानेपानि संस्थाका मुहानहरू सुक्नथालेपछि चरम अभाव कायमै रहेकाे छ । यस्ताे खानेपानीको समस्या शहरमा मात्र हाेईन आजभाेली गाउँ बस्तीमा पनि देखिन थालेकाे छ।
तुलसीपुर-१३ साजखुटिमा अहिलेसम्म कुनै वर्षपनि गर्मियाममा खानेपानीको समस्या स्थानीयले भाेग्नुपरेकाे थिएन्। याे वर्ष लामाे समयसम्काे खडेरीले गाँउमा रहेका कुवा सुकेपछि तुईखाेलामा जरूवा बनाएर खानेपानीकाे आपूर्ति गर्ने गरेकाे टेक बहादुर महताराले बताउनुभयाे ।
गाउँमा धारा,डिपबाेरीङ केही छैन् ।उहाँले भन्नुभयाे-´मैले थाहा पाउने भएदेखि खडेरीमा कुवा सुकेकाे आजसम्म थाहा पाएकाे थिएन । आजभाेली समस्या भएकाे छ`।
उहाँका अनुसार साजखुटिकाे काफलटाेके र महतारा टाेलका १०/१२ घरका लागि खाेला छेउमा एउटा सार्वजनिक कुवा छ । त्यही कुवापनि खडेरीले पानी सुकेपछि बिहान सबैभन्दा पहिला पुग्ने ब्यक्तिले पानी भर्न पाएपनि अन्य जम्मै जरूवाकाे पानी ल्याएर खाने गरेकाे उहाँले बताउनुभयाे ।
सिमलखुटिकै निर्मला महतारालेपनि अहिलेसम्मकै पानीकाे चरम अभाव भाेग्नुपरेकाे बताउनुभयाे। गाँउमा रहेकाे कुवा पहिलाेपटक सुकेपछि करिब १५ मिनेटकाे समय लाएर खाेलामा जरूवा बनाइ खानेपानी ल्याउने गरेकाे उहाँले बताउनुभयाे ।
गाउँमा समेत खानेपानीको चरम अभाव हुनथालेपछि स्थानीय भने चिन्तित बनेका छन् । अब खानेपानीको दिगाे व्यवस्थापनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने रविन्द्र खत्रीले बताउनुभयाे ।
गाउँमा धारा अथवा डिपवाेरीङकाे व्यवस्था नहुँदा सम्म खडेरीका समय खानेपानी समस्या समाधानका लागि अप्ठेराे हुने गरेका खत्री बताउनुहुन्छ । सिमलखुटिमामात्र हाेइन तुलसीपुर-७ काे डाबर,बनहरी,१८ र १९ नम्बर वडाकाे केही बस्तिहरूमा यश अघिनै खानेपानीकाे समस्या देखिएपछि केही स्थानमा पानी ट्याङकर मार्फत उपभोक्तालाई पानी वितरण गर्ने गरिएकाे थियाे।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष माेहनलाल पाैडेल सिमलखुटि,साजखुटि,पनालीवाेट लगाएतका बस्तीमा देखिएकाे खानेपानीकाे चरम अभावलाई समाधान गर्न चालू वर्षमा एउटा सार्वजनिक कुवा निर्माण गरिएकाे बताउनुभयाे ।
खानेपानीको समस्या बढ्न थालेपछि आगामी वर्षको बजेटमा त्यस क्षेत्रका समुदायलाई खानेपानीकाे उचित व्यवस्थापनका लागि बजेट विनियोजन गरिने बताउनुभयाे।
सुरक्षित र सफा खानेपानी नपाउदा विभिन्न सरूवाजन्य राेगहरूबाट समेत नागरिकहरू बिरामी पर्ने गरेका छन् ।

