
दाङ, ७ असार ।
राप्ती राजमार्ग अन्तरगत भन्ज्याङ-बबई सडक तीन दिनका लागि आवागमन पुर्ण रूपमा बन्द हुने भएको छ ।
सडकमा प्राइमकोट तथा अस्फाल्ट कंक्रिट अर्थात् कालोपत्रे गर्ने कार्यका लागि कार्यका लागि सबै प्रकारका सवारी साधनहरू पूर्णरूपमा बन्द गर्नुपर्ने प्राविधिक राय सहितको अनुरोध आएकाले सडक तीन दिनसम्म पुर्ण रूपमा बन्द रहने भएकाे छ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीले असार ८ देखि असार १० गतेसम्म सम्पुर्ण आवागमन बन्द गरिएकाे जानकारी दिनुभयो । वैकल्पिक मार्गका रूपमा अमेलिया-लमही र घाेराही-तुलसीपुर सडककाे प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार