तुलसीपुर, ११ असार ।
तुलसीपुरमा घरायसी विवाद भएपछि एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ तोप्पापानीका ६० वर्षका मनु दमाइले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
श्रीमान/श्रीमतिको घरायसि बिबादका कारणले आफ्नै २ तला भएको ४ कोठे कच्चि खरको छानो भएको आफ्नै घरमा आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो । आज मंगलबार अपरान्ह ४ बजेतिर घरमा आगो लगाएको थापाले जानकारी दिनुभयो ।
आगलागिबाट मानबिय क्षति भएको छैन् । आगो लगाउने मनु दमाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय र प्रहरीको सहयोमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार