२०८१ चैत्र ४ गते सोमवार

बबई नदिले बगाएको महिलाको शव फेला



दाङ, १९ असार ।
दाङमा बबई नदिले बगाउँदा बेपत्ता भएका महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । आज (बुधबार) बिहान पौने ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ की १९ वर्षिय सम्झना चौधरीलाई बबई नदिले बगाएको थियो ।

बेपत्ता चोधरीलाई खोजी गर्दै जादा दंगीशरण-४ स्थित बैबाङ-बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

चौधरीको शव करिब ६ घण्टा पछी आज दिउँसो १ बजे तिर फेला परेको प्रहरीले जनाएको छ । सम्झना तुलसीपुर-१४ मटेरामा आफन्तीकोमा जाने बेलामा बबई नदि तर्ने क्रममा बगेको श्रीमान रोशन चौधरीले जानकारी दिनुभयो ॥

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार