
दाङ, ३ साउन ।
दाङमा जंगली च्याउ खाँदा एक बालिका गम्भिर बिरामी परेकि छन् । तुलसीपुर- ९ का देउकुमारी वलीको छोरी आँचल वली गम्भीर बिरामी परेकको प्रहरीले जनाएको छ ।
आज (बिहीबार) बिहान करिब ११ बजेतिर जंगली च्याउ पकाएर खाँदा ६ वर्षिया आँचल गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशिल थापाले जानकारी दिनुभयो ।
देउकुमारी वलीले जंगलबाट च्याउ ल्याई घरमा पकाएर एकै घरका ४ जना सदस्यले खाएकोमा ३ जनालाई केहि नभएको तर उहाँको छोरी आँचल गम्भीर बिरामी परेको प्रहरीले जनाएको छ ।
आँचललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि आज दिउँसो पौने २ बजेतिर भेरी अस्पताल नेपालगञ्ज बाँके रेफर गरिएको प्रहरीले जनाएको छ ॥
प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार