
दाङ, १६ साउन ।
दाङमा खोलाले बगाँउदा एकजनाको मृत्यु भएको छ । खोलाले बगाँउदा तुलसीपुर-२ झारगाँउका ६७ वर्षीय तेज बहादुर भण्डारीको मृत्यृ भएको प्रहरीले जनाएको छ ।
शान्तिनगर-४ गिदनियामा रहेको आफन्तको घरमा गएका भण्डारी घर फर्कीने क्रममा चिराघाट खोला तदै गर्दा खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
चेत बहादुर र तेज बहादुर दुई भाजुभाई आफन्तको घरमा गएका थिए । आज घर फर्कने बेला दिउँसो १२ बजेतिर चिराघाट खोलाले दुई दाजुभाईलाई संगै बगाएको थियो । मृतक तेज बहादुरको भाई चेत बहादुर भने पौडी खेलर खोलाबाट बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।
तेज बहादुरलाई खोलाले बगाएर १ किलोमिटर तल पुर्याएको थियो । भण्डारीलाई खोलाले बगाइरहेको स्थानियले देखेपछी बाहिर निकाल्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।