दाङ, ८ भदौ ।
लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने आर्थिक विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । बिजौरी उद्योग वाणिज्य संघको ११ औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री न्यौपानले तीनै तहका सरकारले दाङको पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीनै तहको समन्वय हुनुपर्ने बताउनुभयो ।
उहाँले तुलसीपुरको छिल्लीकोट र चमेरे गुफालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सडक लगायतका पूर्वाधार विकास गरेर पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिनेमा जोड दिनुभयो ।
अहिले पनि तीन तहका सरकार बिच समन्वय हुन नसक्दा विकासले गति लिन नसकेको बताउँदै उहाँले हाइमास्ट लाइटमै राजनीति हुन थालेको बताउनुभयो ।
प्रदेश सरकारले बजारको सुरक्षाका लागि हाइमास्ट लाइट जडान गरेको अब स्थानीय सरकारले बिद्युत जडान गर्नुपर्ने बताउनुभयो । उहाँले बिजौरीको आर्थिक विकासका लागि होलेरी जोड्ने बिजौरी-होलेरी सडकको स्तरोन्नतीले चाडै पूणर्ता पाउने बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयाे । पलायन हुने अवस्थामा पुगेकन उद्योगी व्यवसायीलाई स्वदेसमै रमाउने वातावरण निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयाे ।
तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधब वलीले व्यवसायीकाे हितमा स्थानीय सरकार गम्भीर रहेकाे बताउनुभयाे । व्यवसायीहरूका लागि कर छुट सम्बन्धि विषयमा पटक-पटक कार्यपालिकाको बैठकमा समेत छलफल भैसकेकाले पालिकाले ब्यबसायीबाट उठाएको कर रकम मध्य केहि प्रतिशत रकम बिजौरी क्षेत्रको लागि छुट्टाउने प्रतिबद्धता जनाउनुभयाे ।
बिजाैरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले आर्थिक समृद्धिका लागि व्यवसायहरूको महत्वपुर्ण योगदान रहेकाे बताउनुभयाे ।
कार्यक्रममा दाङ उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र बुढाथोकी,तुलसीपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देबबहादुर केसी,नेपाल पत्रकार महासघ दाङका सह-सचिव दिप्तिशिखा चौधरी,संघका पुर्व महासचिव बिरेन्द्र खडका ,नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत,नेपाली काँग्रेस तुलसीपुर-१९ का सभापति पदम वलि ,नेकपा एमाले तुलसीपुर-१८ का अध्यक्ष मुक्तबहादुर वली,माओवादी केन्द्र तुलसीपुर-१८ अध्यक्ष लोकबहादुर वहकरी,राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर-१८ का अध्यक्ष कमल डाँगी,निबर्तमान अध्यक्ष कमानसिङ खडका,राप्ती बबइ क्याम्पस सञ्चालक समिति अध्यक्ष श्यामकुमार रेग्मी,संघका संस्थापक उपाध्यक्ष पुस्पाकुमारी डाँगी लगाएतले विदेशिने युवालाई अब देशकाे मुहार परिवर्तनका लागि स्वदेशमै बुस्ने वातावरण निर्माण गर्नुपर्नेमा जाेड दिएका थिए ।
बिजाैरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षता,लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेकाे प्रमुख आतिथ्यता एवम् तुल्सीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता माधव ओलीको विशिष्ट अतिथितामा कार्यक्रम भएको थियो।
संघका कोषाध्यक्ष कर्ण बहादुर वलिले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकाे कार्यक्रममा महासचिब दीपककुमार बस्नेतले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत तथा कार्यक्रम सहजीकरण गर्नुभएको थियो।