२०८१ चैत्र १२ गते मङ्गलवार

गाेर्खा माविका बिजयमान जीएम अस्ट्रेलियामा उत्कृष्ट प्रअ अवार्डबाट सम्मानित



दाङ, ८ कात्तिक

दाङको तुलसीपुरस्थित गाेर्खा माविका प्रधानाध्यापक बिजयमान जीएम कलेज रिडर्सकाे आयाेजनान अष्ट्रेलियामा आयोजित “उत्कृष्ट प्रधानाध्यापक अवार्ड २०२४” बाट सम्मानित हुनुभएको छ ।

कात्तिक ७ गते सम्पन्न उक्त कार्यक्रमकाे क्रममा जीएमलाई कुशल नेतृत्व, उत्कृष्ट नतिजा, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, र विद्यालयको प्रभावकारी संगठन परिचालनमा गरेको योगदानका आधारमा नेपाल एजुकेसन अवार्ड २०२४ अन्तरगत सम्मान प्रदान गरिएको हो।

अष्ट्रेलियामा भएको यो अवार्ड वितरण कार्यक्रममा देशभरका कलेजहरूको सहभागिता रहेको थियो। गाेर्खा मावि तुलसीपुरले विभिन्न समयमा उत्कृष्ट अवार्डहरू प्राप्त गर्दै शैक्षिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार