२०८२ बैशाख ८ गते सोमवार

राप्ती सेवा समाज, न्यूयोर्कले होली कार्यक्रम गर्ने



न्यूयोर्क । नेपाली समुदायबीचको आपसी मित्रता बडाउन न्यूयोर्कमा होली बिशेस कार्यक्रम हुने भएको छ । नेपाली संस्कृतिको जगेर्ना गर्न र प्रवासमा नेपाली मौलिकता बचाइ राख्न राप्ती सेवा समाज, न्यूयोर्कले होली कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष दिपक भट्टराईले बताउनु भएको छ ।

होली नेपाली संस्कृतिमा विशेष महत्व राख्ने चाड भएकाले यस अवसरमा सबै नेपालीलाई एकजुट गराउने उद्देश्य रहेको भट्टराईले बताउनु भयो । पर्सि बिहीबार(मार्च १३) न्यूयोर्कस्थित कोरोन पार्कमा आयोजना गरीएको कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा होली खेल्ने, शुभकामना साटासाट गर्ने र आपसी मित्रतालाई थप मजबुत बनाउने अवसर पाउनेछन् ।

राप्ती सेवा समाज, न्यूयोर्कका अध्यक्ष दिपक भट्टराईले होली रङ खेल्ने पर्व मात्र नभई आपसी प्रेम, मित्रता र सामाजिक एकताको सन्देश दिने भएकाले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई होलीको रौनक सँगै नेपाली संस्कृतिको झल्को अनुभूति गर्न अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार