२०८३ बैशाख ३१ गते बिहिवार

डिजेल र मट्टितेलकाे मूल्य बढ्याे



दाङ, १ मंसिर   ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैँयाले बढाएको हो ।

मूल्य बढेसँगै डिजेल र मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५० रुपैयाँ ५० पैसा, एक सय ५२ रुपैयाँ र एक सय ५३ रुपैयाँ रहेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

डिजेल र मट्टितेलकाे मूल्य बढेपनि पेट्रोलकाे मूल्य  यथावतनै रहेकाे छ । पेट्राेल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ५८ र तेस्रो वर्गका लागि  १ सय ५९ रहेकाे छ ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार