२०८१ माघ ६ गते आइतवार

नयाँ हास्य सिरिज ‘गज्जब छ बा’को पहिलाे भागबाट निर्माण समूह उत्साहित



दाङ,२२ मंसिर ।

नयाँ हास्य सिरिज ‘गज्जब छ बा’को प्रसारण सुरु भएको पहिलाे सातामै दर्शकमाझ उत्साह देखिएको  छ । गत शनिबारबाट औपचारिक रुपमा पहिलो एपिसोड अपलोड गर्दै निर्माण समुहले अब प्रत्येक शनिबार साँझ ७ः१५ मा लेखान्त अफिसियल युट्युव च्यानलमार्फत हेर्न सकिने  जानकारी गराएको छ । उक्त सिरिजको पहिलो एपिसोडमै दर्शकहरूले अत्याधिक रुचाइएकाे सिरिज बनेकाे छ ।पहिलो एपिसोडमा करिव २ लाख भ्युज प्राप्त भएको छ ।

प्रसारणको पहिलो एपिसोडमै सकारात्मक प्रतिक्रिया मिलिरहेको सिरिजका लेखक,निर्देशक तथा मुख्य कलाकार लेखान्त भुसालले जानकारी दिनुभएको छ ।

सिरिजमा रामचन्द्र अधिकारी, सबिता गुरुङ, मुकुन्द मैनाली, धर्मराज भट्टराई, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, बिनम कंडेल लगायतको अभिनय रहेको छ । शिब बिकेको छायांकन रहेको सिरिज सन्दिप चौधरीले सम्पादन गरेका हुन् । सह निर्देशन भने किशोर बाबु बस्नेतले गरेका छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार