दाङ, २९ पुस ।
दाङको दुई पालिकाले आज सार्वजनिक बिदा दिएको छ । दाङको घोराही उपमहानगरपालिका र गढवा गाँउपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।
घोराही उपमहानगरपालिकाले आज माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ । हिजो आइतवार बसेको नगर कार्यपालिका बैठकले नेपालीहरुको महान पर्व मकरसङ्क्रान्ति २०८१ तथा थारू संवत् २६४८ (माघी पर्व) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
थारू समुदायको विशेष पर्व माघको अघिल्लो दिन आज घोराहीं उपमहानगरपालिका अन्तर्गतका सबै कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयलाई सार्वजनिक विदा दिने निर्णय गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ।
माघीको अवसरमा गढवा गाउँपालिकाले पनि सार्वजनिक विदा दिएको छ । शुक्रवार पे्रस विज्ञप्ति जारी गर्दै स्थानीय बिदा अन्तर्गत गढवाले आज सार्वजनिक बिदा दिएको हो ।
प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार

