दाङ, १३ माघ ।
दाङ उपत्यकासहित तराईका जिल्लामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण यातायात सञ्चालनमा कठिनाइ भएको छ भने दैनिक कामकाजमा समेत समस्या आएको छ ।
बिहानको समयमा दृश्यता कम भएकाले विद्यालय जाने विद्यार्थी, किसान र मजदुर बढी प्रभावित भएका छन् । मौसमविद्हरूका अनुसार यो अवस्था केही दिनसम्म कायम रहन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
तराईका जिल्लामा हुस्सु र शीतलहरको प्रभावले विशेष गरी वृद्धवृद्धा र बालबालिकामा स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले न्यानो कपडाको प्रयोग र तातो खानेकुरामा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् ।
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार

