२०८२ मङ्सिर १ गते सोमवार

पश्चिम नेपाल वर्षा गराउने प्रणाली सक्रिय



दाङ, १६ फागुन ।
लुम्बिनी प्रदेशसहित पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद्हरूका अनुसार विषेशगरी सुदुरपश्चिम र कर्णाली प्रदेशमा आज दिउँसो वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण तापक्रममा गिरावट आएपछि शितलता महशुल गरिएको छ भने किसानहरूलाई यसले राहत मिल्ने अनुमान गरिएको छ ।

हिउँदयाम सकिँदै गर्दा पश्चिम क्षेत्रमा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार