काठमाडौँ,१५ माघ ।
उपत्यकाको तारकेश्वर नगरपालिकाका लगायत पाँच प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच जना प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाएको सरुवा गरेको हो ।
उपसचिव ईश्वर प्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट तारकेश्वर नगरपालिका, काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ भने त्यहाँका दिनेशराज पन्तलाई दुधौली नगरपालिका, सिन्धुली पठाएको छ ।
यस्तै दुधौली नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीलाई लेटाङ नगरपालिका, मोरङमा खटाउँदै लेटाङका नारायण न्यौपानेलाई कनकाई नगरपालिका, झापामा सरुवा गरिएको छ। यस्तै, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा उपसचिव पदमा पठाइएको छ।
यसबाहेक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका उपसचिव पदम प्रसाद बजगाईँलाई जिल्ला समन्वय समिति कार्यालय, सिन्धुलीमा सरुवा गरिएको छ भने फलेवास नगरपालिका, पर्वतका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेललाई जिल्ला समन्वय समिति कार्यालय, नुवाकोटमा पठाइएको छ। -प्रशासनबाट

