२०८१ चैत्र ३ गते आइतवार

घोराहीकाे ट्राफिक चोक नजिकैका पसलमा आगलागी



दाङ, ३० माघ ।
घोराहीमा ट्राफिक पुलचोक नजिकैका पसलमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका-१५, ट्राफिक पुल चोक नजिक रहेको तरकारी पसलसहित अन्य चार पसलमा पनि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको उद्धार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने कोशिस गरिएको छ ।

समयमै उद्धार टोली पुगेकोले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । तर, धनजनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार