२०८२ फाल्गुन ४ गते सोमवार

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सुरेश र सविनको परिवारलाई १० लाख दिने सरकारको निर्णय



काठमाण्डौ,२० चैत । सरकारले गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाउने दुई जनाको परिवारलाई १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

पत्रकार रजकको रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर ज्यान गएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको जलेर ज्यान गएको देखिएको छ ।

यस्तै काठमाण्डौ-हेटौँडा रुटमा जीप चलाउने कीर्तिपुर नगरपालिका-४ गाम्चाका महर्जनको भने प्रहरीको गोली लागेर ज्यान गएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार