२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुरमा वन भेरीको टोकाई : पाँच जना घाइते, तीन जना नेपालगञ्ज रिफर



दाङ, चैत २४ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ डाँडाखुट्टिमा वनभेरीको टोकाईबाट पाँचजना घाइते भएका छन्।

आइतबार साँझ साढे ६ बजेतिर  बाटोमा हिँडिरहेका उनिहरूलाई  वन भेरीले टाेक्दा घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।

उहाँका अनुसार घाइते हुनेहरूमा तुलसीपुर-११ जसपुरका ४० वर्षीय बसन्त बुढाथोकी उहाँकी  श्रीमती शिवा बुढाथोकी र २ वर्षीय छोरा ऋषिराज बुढाथोकीसहित पाँच जना घाईते भएका छन् ।  उनिहरू सबैको अवस्था मध्यम रहेको छ । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि  उनिहरू तीनै जनालाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

साे घट्नामा तुलसीपुर-३ डाँडखुट्टीका ३५ वर्षीया मनकुमारी केसी र उहाँका  १० वर्षीय छोरा यमलाल केसी पनि घाइते भएका छन्। मनकुमारीकाे शरीरका विभिन्न भागमा भेरीले टोकेको छ र यमलालको टाउकोमा सामान्य घाउ छ। उनिहरू  दुबैजनकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार