२०८२ जेष्ठ १० गते शनिवार

रोल्पामा हराइरहेकी महिला मृत अवस्थामा फेला



रोल्पा-२ बैशाख ।  रोल्पाकाे माडी गाउँपालिका-६ लाप्चुङ कोला घैराकि  ४३ वर्षीया सुस्मिता घर्ति मगर मृत अवस्थामा फेला परेकी छिन्।

गत चैत २९ गतेदेखि सुस्मिता बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय भावाङमा  उनका श्रीमान भिमप्रसाद घर्ति मगरले सूचना दिएका थिए।

हराइरहेकी महिलाको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएकोमा आज(मंगलबार) दिउँसाे माडी गाउँपालिका-५ स्थित वलि खोलामा सुस्मिताकाे शव फेला परेको प्रहरीले जनाएको छ।

शव फेला परेपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमाण्डमा  ६ जनाको प्रहरी टोली खटिएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार