
तुलसीपुर, १३ वैशाख । श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमतिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरका ६० वर्षका भगवती शर्मा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज शनिबार बिहान ९ बजेतिर शर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो । श्रीमानको क्रिया बसेकी भगवतिको राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।
भगवतिको श्रीमान ८३ वर्षका नारायण आचार्यको निधन गत वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले आफैले छातिमा गोली हानेर मृत्यु भएको थियो । नारायण रेडक्रस दाङका पूर्व सभापति हुनुहुन्थ्यो । नारायण र भगवतीको मृत्यु पछि परीवार शोकमा डुबेको छ ॥
प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार