२०८२ माघ २९ गते बिहिवार

स्कुल बससंग यात्रुवहाक बस ठोकिदा दुई जनाको मृत्यु, ३५ बढी घाइते



दाङ,२५ जेठ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना परी दंगशिरण गाँउपालकिा-२ का ३७ वर्षका शान्ता खड्का चौधरी र सोही ठाँउका ६५ वर्षका नारायण भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा दंगशिरण गाउँपालकिा-२ का २५ वर्षका मनसिा बस्नेत, सोही ठाँउका ५२ वर्षका गोमा सार्की, ६० वर्षका मोतसिरा सुनार, ३४ वर्षका कसितिा पुन, ३२ वर्षका समिा पुन, २७ वर्षका कमला नेपाली, उहाँको छोरा ८ वर्षका शंकर नेपाली, उहाँको भदै ९ वर्षको शुसान्त नेपाली रहेका छन् ।

यस्तै सोही ठाँउका ४१ वर्षका नोखीराम बकि, ४८ वर्षका कुसल बकि, २५ वर्षका ललतिा सुनार, ४५ वर्षका कमला नेपाली, २३ वर्षका अमृत कुसारी, ४५ वर्षका पार्वत िनेपाली, उहाँको छोरा १२ वर्षका राजेश नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी नरिीक्षक सुर्य रानाले जानकारी दनिुभयो ।

यस्तै सोही ठाउँका १० वर्षका प्रवल परीयार, ४४ वर्षका भमिा घर्ती, ४३ वर्षका लक्ष्मी नेपाली, १५ वर्षका एशोदा बस्नेत, ५४ वर्षका चुडामनी बकि, ४१ वर्षका बालकिा ओली रहेको प्रहरी नरिीक्षक रानाले बताउनुभयो ।

घाइतेहरुको राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र बखरयिाबाट आउँदै गरेको ज्ञानज्योत िबोर्डङि स्कुलको रा १ क ८७० नम्बरको खाली बस तुलसीपुर उपमहानगरपालकिा-१३ बखरयिामा आइतबार बहिान ११ बजेतरि एक आपसमा ठोकदिा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

यात्रुबाहक बस सडकको बाँया साईडमा सडकदेख िकरबि ४५ मटिर तल खसेको प्रहरी नरिीक्षक रानाले जानकारी दनिुभयो । दुवै बसका चालकहरूलाई प्रहरीले नयिन्त्रणमा लएिको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार