दाङ, १७ साउन । तुलसीपुरमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्कीदा तिन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका- ६ का २१ वर्षका शिखर गुप्ता, मोटरसाइकलमा पछाडी सवार उहाँको बहीनी १८ वर्षका सलोनी गुप्ता र स्कुटी चालक तुलसीपुर-६ कै २२ वर्षका पुजा आचार्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको टाउको, खुट्टा, मुख र कम्मरमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको सुचना अधिकारी रानाले बताउनुभयो ।
आज शनिबार अपरान्ह सवा ४ बजेतिर गुम्राह चोकबाट ट्राफिक कार्यालयतर्फ जाँदै गरेको रा.७ प १४०६ नम्बरको स्कुटी र गुम्राह चोकबाट मदनआश्रित चोकतर्फ आउँदै गरेको रा.६ प ५४७२ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका-६ गुम्राह चोक नजिक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुबै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥

