२०८१ जेष्ठ १६ गते बुधवार

दाङमा प्रशोधित पानीको मुल्य वृद्धि



 

भालुवाङ ८ असार ।

दाङमा पानी उद्योग संघले प्रशोधित पानीको मुल्य वृद्धि भएको छ ।

देशमा हाल भइरहेको पेट्रोलियम पदार्थ तथा पानी प्रशोधनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भइरहेको मुल्य वृद्धिका कारण प्रशोधित पानीको मूल्य वृद्धि गरेको दाङ पानी उद्योग संघका अध्यक्ष प्रमोद केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब प्रशोधित पानीको मुल्य प्रति कार्टुन २०० र प्रति जारको मुल्य ६० रुपैयाँ पर्ने भएको छ । यसअघि प्रतिकार्टुन १ सय ३५ देखि १५० रुपैँया पर्ने गरेको थियो भने जारको मूल्य ५० रुपैँयासम्म पर्ने गरेको थियो ।

संघका अध्यक्ष केसीको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रशोधित पानीको मूल्य बढाउने निणर्य गरेको हो ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार