२०८१ फाल्गुन २ गते शुक्रवार

ऐरावती क्याम्पसमा अखिल क्रान्तिकारी को संगठन विस्तार



 

दाङ, १४ असार ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई तिब्रता दिएकोे छ ।

राप्ती गाउँपालीका २ मा रहेको ऐराबति आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको भेलाले सामना पुन मगरको अध्यक्षतामा १५ सदस्यीय अखिल (क्रान्तिकारी ) ईकाई समिति गठन गरेको हो ।

समितीको उपाध्यक्षमा प्रकाश पुन मगर, सचिव प्रकाश जठेश, सहसचिब लक्ष्मी वि.क कोषाध्यक्ष पुष्पाञ्जली गुप्ता, सदस्यहरुमा करिष्मा कंवर , मनिषा खड्का , मनिषा थापा , मनिषा सुवेदी , देविसरा एम। सी , बबिता एम। सी निर्मला कुँवर , समिक्षा पोख्रेल , अनिता पुन मगर , सृजना एम. सी , नारायणी कुमाल , बेलीसरा रखाल मगर, विपना गाहा मगर र संगिता भैसा मगर चयन हुनु भएको छ ।

क्रार्यक्रममा नेकपा ९माओवादी केन्द्र० निकट अखिल क्रान्तिकारी रुकुम जिल्ला सदस्य लक्ष्मी वि.क नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल(क्रान्तिकारी)बाट नेकपा(क्रान्तिकारी माओवादी )मा प्रबेश गर्नुभएको छ ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी  ) का मुल इकाई सदस्य केशव खनाल र अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष मनोज थापा लगाएतकाले भनाई राख्नुभएको हो ।

कार्यक्रममा बोल्दैै अखिल (क्रान्तिकारी  ) केन्द्रीय सदस्य थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी तथा एसपिपि खारेजी, शिक्षा(स्वास्थ्य क्षेत्रका विकृति विसंगती, पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुमा गरिएको महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षको मैदानमा रहेको चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताउनु भयो ।

उहाँले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगाउत तमाम बेथितिका विरुद्द संघर्ष गर्ने बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष मगरले मेरो मान्छे मेरो पार्टी नभई राम्रो लाई जोड दिनुपर्ने बताउनुभयो । साथै म होइन हाम्रो भन्न जान्नूपर्ने र सबै विकृति विसंगति विरुद्ध सबै विद्यार्थीहरु हातेमालो गरेर अगाडि बढनुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार