२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुर-११ मा निवेदन र फोटोकपी निशुल्क



तुलसीपुर, २१ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सोमबारदेखि सेवाग्राहीलाई निवेदन र फोटोकपी निशुल्क गरेको छ । वडाले नागरिक हेल्प डेक्स स्थापना गरी सेवालाई सहज बनाउन फोटोकपी र निवेदन निशुल्क गरेको हो ।

वडा भित्र काम गराउन आउने सेवाग्राहीलाई सहजताको लागि हेल्प डेक्स स्थापना गरी वडाबाट सिफारिस लिदा आवश्यक निवेदन र विभिन्न प्रमाणपत्रको फोटोकपी समेत निशुल्क गरिएको वडाअध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो ।

वडामा सेवा लिने नागरिकले फोटोकपि गर्न जादा अनेत्र जानुपर्ने बाध्यता र सामान्य निवेदनको शुल्क तिर्नुपर्ने गुनासोलाई सम्बोधन गरिएको रावतले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार