
दाङ, २१ असार ।
दाङसहित देशका धेरै स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान साढे ६ बजे दिएको जानकारी अनुसार अहिले पनि लुम्बनी र कणर्ालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
लुम्बिनी प्रदेशमा राति मध्यम वर्षा भएको थियो, अहिले हल्का वर्षा मात्र भइरहेको छ ।आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा हुने सम्भावना छ भने देशका अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।।
प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार