२०८१ कार्तिक २८ गते बुधवार

अरनिको, न्यु होराईजन र ज्ञानज्योती सेमिफाइनलमा



दाङ, १२ साउन ।
दाङको तुलसीपुरमा जारी अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियोगितामा अरनिको माबी,न्यु होराईजन र ज्ञानज्योती कलेज सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज बिहिबार सम्पन्न खेलमा भिमसेन माबी सैवाङ रोल्पालाई २५-२१,२५-१८ को सोझो सेटमा पराजित गर्दै अरनिको माबी नुवागाउ रोल्पा सेमिफाइनल प्रवेश गरेको हो ।

त्यस्तै राप्ती प्राबिधिक शिक्षालय लालमटियालाई २५-८,२५-८ को सोझो सेटमा पराजित गर्दै न्यु होराईजन बुटवल रुपन्देहिले सेमिफाइनल यात्रा सुरक्षित गर्‍यो ।

उल्लेख्य दर्शकको उपस्थितिमा भएको तेस्रो क्वाटर फाईनलमा सिदेश्वरी माबी रुपन्देहीलाई २९-२७ र २५-१२ को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योती कलेज तुलसीपुरले सेमिफाइनल यात्रा तय गरेको छ ।

प्रतियोगिता अन्तरगत शुक्रबार (भोलि) बिहान बागेश्वरी एकाडेमी कोहलपुर बाँके र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम बिच अन्तिम क्वाटर फाईनल खेल हुनेछ ।

खेल बिहान ८ बजेपछि शुरु हुनेछ । यसैबिच शुक्रबार बिहान हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउ रोल्पा र ज्ञान ज्योती कलेज तुलसीपुर भिड्नेछन् भने अन्तिम क्वाटर फाईलको बिजेतासंग न्यु होराईजन रुपन्देही सेमिफाइनलमा भिड्ने राप्ति किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार