
दाङ, २४ फागुन ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा शुक्रबारदेखि तेस्रो वडाअध्यक्ष कप प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका सांसद धनबहादुर मास्कीले गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै सांसद मास्कीले खेलकुदमा राज्यले लगानी बढाउँदै लगेको बताउनुभयो । उहाँले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र पुराना खेलाडीलाई प्रोत्साहन गर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
वडा सदस्य ओवी कुमारी वलीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका लेखा समितिका संयोजक घनश्याम ढकाल, तुलसीपुर–४ तुलसी थापा, तुलसीपुर-१ का सचिव यमनारायण सापकोटा, तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, पूर्व वडा सदस्य राधिका न्यौपाने लगायतले खेलकुदमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो ।
तुलसीपुर-१ का वडा अध्यक्ष हुमकान्त सापकोटको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कर्मचारी होमजंग बिकले गर्नुभएको हो । प्रतियोगिता फागुन २५ गतेसम्म संचालन हुनेछ ।