
दाङ, २ भदौ ।
दाङसहित देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहने छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको हुँदा आज दिनभर मौसम सामान्य बदली हुने बताएको छ ।
महाशाखाका अनुसार आज बिहानदेखि देशका गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । लुम्बिनी प्रदेश र कणर्ाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।