२०८१ साउन ५ गते आइतवार

प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ दाङमा एमालेबाट सात जनाको नाम सिफारिस



दाङ, २० भदौ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरुलाई उमेदवार छनौटको चटारो छ । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतका अनुसार प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट तीन, क्षेत्र नम्बर २ बाट १ र क्षेत्र नम्बर ३ बाट तीन जनाको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभा सदस्य पदका लागि क्षेत्र नम्बर १ बाट शान्ता चौधरी, गंगा चौधरी र रेवतीरमण शर्माको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर २ बाट शंकर पोखरेलको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि पोखरेलको नाम उमेदवारमा निर्विरोध भएको हो । यस्तै क्षेत्र नम्बर ३ बाट पनि तीन जनाको नाम प्रतिनिधि सभा सदस्य उमेदवारका लागि सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट युवराज ज्ञवाली, घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस भएको नेकपा एमोले दाङका अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार समानुपाति तर्फका उमेदवारको नाम सोमबार (आज)मात्रै टुंगो लाग्ने भएको छ ।

एमाले दाङले प्रतिनिधि सभा सदस्य पदमा आकंक्षी उमेदवारको नाम आइतबार टुंगो लगाएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार