२०८१ बैशाख ५ गते बुधवार

आज पनि दिउँसो र राती वर्षा निरन्तर हुने



दाङ, १९ असोज ।
गएरातीदेखि दाङसहित देशका अधिकांश स्थानमा आज वर्षा भइरहेको छ । निरन्तर वर्षा भइरहेकोले बाढी तथा पहिरो जोखिम क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

आज दिउँसो र राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज १९ गते बुधवार