२०८० मङ्सिर २२ गते शुक्रवार

क्यान्सर पिडितलाई सहयोग गर्दै अभियानकर्ता



तुलसीपुर उपमहानगरपालिका वडा नं १७ र १८ का युवाहरुले वडामा बिभिन्न रोगवाट समस्याग्रस्त भई उपचार गराईरहेका अति बिपन्न बिरामीहरुको घरमा गई आर्थिक सहयोग हस्तान्तर गरेका छन् ।युवा अभियन्ताहरु तुलसीपुर नगर कार्यपालिका सदस्य बिकास नेपाली, नेकपा एमालेका जिल्ला सदस्य सन्तोष डाँगी, युवा अभियन्ता कपिल लामिछाने, मुकेश नेपाली,कृष्ण परियार,नारायण वली, लगाएतका युवाहरुले वडाका विभिन्न घर–घरमा गई क्यान्सर पिडित ललित वली बचाउँ अभियान अन्तर्गत उठेको रकम बिरामीका परिवार र स्ययम् बिरामीलाई हस्तान्तर गरेका हुन् ।

क्यान्सर रोग लागी तुलसीपुर–१७ निवासी २२ बर्षका ललित वलीको निधन भएपछि उनको उपचारमा जुटाईएको रकम बिभिन्न रोग लागी उपचार गर्न नसक्ने परिवारका लागी ललित वलीका बुवा हर्क बहादुर वलीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।छोराको मृत्युपछि छोराको स्वार्गमा बास होस् र मैले पनि छोराको लागी उठेको रकम छोराजस्तै बिरामी भई उपचार गराईरहनु भएका बिरामीहरुलाई दिन पाउदा पुण्य हुने भन्दै उक्त सहयोय रकम हस्तान्तरण गर्ने योजना गराएको थियो ।

उक्त अभियानबाट उठेको रकम आज तुलसीपुर–१८ गैरा बिजौरीका क्यान्सर रोगबाट पिडित भिम बहादुर पुन, अक्कासी निवासी क्यान्सर पिडित धन बहादुर रोका, तुलसीपुर–१७ झिङ्गैका प्यारालाइसिसका बिरामी राम प्रसाद नेपाली र झिङ्गैका आन्द्रा को उपचार गराइरहनु भएका बिरामी चन्द्र प्रकाश भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण पछि अभियन्ताहरु कृष्ण नेपाली र नारायण वलीले यस्ता खालका अभियानले बिरामीको मनोबल बढाउने र उनिहरुको घाउँमा केही भएपनि मलमपट्टी लाग्ने भएको हुँदा यो खालको अभियान सञ्चालन भईरहने वताउनुभयो ।
यस्ता रोग लागी समस्यामा परेका ब्यक्तिहरुको विवरण संकलन गरि सहयोग गर्दै निरुनत अभियान सञ्चालन गरीने युव अभियन्ता कािलमणी लामीछानेले वताउनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार