
दाङ, १५ कार्तिक ।
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा डुंगा पल्टिदा ३ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा २ जना घाइते भएका हुन् । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार साँझ पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको हो ।
दुर्घटनामा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ ।
सोही स्थानका २२ वर्षीय किशोर हरिजन र सोहित सहानीलाई घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि भैरहवा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार