२०८१ माघ १० गते बिहिवार

दाङमै सर्वाधिक पुरस्कार राशिको मीनबहादुर केसी स्मृती कप फुटबल हुने



दाङ, १२ मंसिर ।
दाङ तुलसीपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।

टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउँको आयोजनामा संचालन हुने प्रतियोगिता भोलिदेखि सुरु हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउ र युवा संजाल भिड्नेछन् । फुटबल खेलको विकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहने आयोजक टाईगर युवा क्लबका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनुभयो ।

एक साता सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । यसैबीच प्रतियोगिताको सम्पुणर् तयारी पूरा भएको प्रतियोगिता संचालन समितिका संयोजक सुरबिर गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार