२०८० फाल्गुन १३ गते आइतवार

प्रतिनिधिसभा समानुपातिकतर्फ दाङबाट तीन जना



दाङ, २५ मंसिर ।
प्रतिनिधिसभामा समानुपातितर्फ दाङबाट तीनजना मात्र सांसद चयन भएका छन् । नेकपा एमालेले २ जना र माओवादी केन्द्रले १ जनालाई दाङबाट सांसदमा चयन गरेको हो ।

एमालेबाट मेनका पोख्रेल र आष्माकुमारी चौधरी चयन भएका छन्, पोख्रेल घोराही उपमहानगरपालिका १७ र चौधरी घोराही ६ का हुन् ।

माओवादी केन्द्रले नारायणी शर्मा (प्रतिक्षा)लाई चयन गरेको छ । शर्माको घर घोराही १७ मा पर्छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार