
दाङ, २५ मंसिर
नेपाल विद्युत प्राधिकरणले बिभिन्न स्थानका सडकबत्तीको लाईन कटौती गरेको छ । समयमै विद्युत महसुल नबुझाउदा तुलसीपुर घोराही सडकखण्डको बिरेन्द्रचोक देखि यातायात ब्यबस्था कार्यालयसम्मको सडकबत्तीको लाईन काटेको हो ।
तुलसीपुरको बिरेन्द्रचोकमा रहेको विज्ञापन प्रशारणका लागि राखिएको एलईडी स्क्रिनका साथै यातायात ब्यबस्था कार्यालयसम्म रहेका पोलहरुमा राखिएको सडकबत्तीको लाईन समेत काटिएको हो । एलईडी मार्फत बिज्ञापन प्रसारण गर्ने जिम्मा लिएको अपटेकसिस प्रालिले आफुले विद्युत उपयोग गरेबाफत ४ महिनादेखि बुझाउनुपर्ने चालिस हजार बढी रकम नबुझाएकाले हिजोदेखि लाईन कटौती गरिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालले बताउनुभयो ।
केहिदिन अगाडी काटिएको सो विद्युतलाईनमा सम्बन्धित प्रालिका प्रतिनिधीले प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा पुगेर बिभिन्न मितीमा बक्यौता रकम भुक्तानी गर्ने सम्झौता भएपनि हालसम्म बुझाउन ब्यवास्ता नगरेको भन्दै पुनःविद्युत लाईन कटौती गरिएको उहाँले बताउनुभयो ।
साथै तुलसीपुर उपमहानगरपालिका कार्यालय सहित बिभिन्न सडक तथा टोलमा जडान गरिएका सडकबत्तीको महसुल लामो समयदेखि नबुझाएको भन्दै अबको केहिदिनमा उपमहानगरलाई पत्र कटिनेसमेत उहाँले बताउनुभयो । उपमहानगरसँग समन्वय गर्दा समेत बिद्युत महसुल नबुझाएका कारण बिद्युत प्राधिकरणलाई पत्र लेख्ने तयारी गरेको उहाँले बताउनुभयो । उपमहानगरले बिद्युत उपभोग गरेबापत बुझाउनुपर्ने पेनाल्टी सहित एक करोड रुपैयाभन्दा बढी बक्यौता रहेको समेत उहाँले बताउनुभयो ।
उपमहानगरका १९ वटै वडा कार्यालय, उद्योग वाणिज्य लगाएतका संस्थाहरुलाई बोधार्थ गर्दै ७ दिने अल्टीमेटम सहितको पत्र पठाईने तथा त्यसमा पनि कुनै सुनुवाई नभएमा त्यसपछि टोलअनुसारका सडकबत्तीको लाईन कटौती गरिने उहाँले बताउनुभयो ।।