घोराही, २ पुस ।
नेपाल पत्रकार महासघ दाङले ३० औ स्थापना दिबसको अबसरमा आज महिला पत्रकारहरुका लागि मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।
घोराही स्थित गैरागाउँमामा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो । समुह (ए) र समुह (बि) बिच प्रतियोगिता भएको थियो । जसमा समुह (ए) विजयी भएको छ ।
त्यस अबसरमा खेलमा प्रयोग हुँने जर्सी घोराही उपमहानगरपालिका १५ को विजी मार्केटमा रहेको फ्रेन्स वयर हाउसका सञ्चालक नविन ओलीले उपलब्ध गराउनुभएको थियो ।
कार्यक्रमबारे जानकारी नेपाल पत्रकार महासघ दाङका सचिव आरके शितलले गराउनुभएको थियो भने सहजिकरण सहसचिव दिप्ति शिखा चौधरीले गर्नुभएको थियो ।
यसैबीच भोली पुस ३ गते खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको छ भने पर्सि ४ गते तुलसीपुरमा साधारणसभा कार्यक्रम गरिने सचिब आरके शितलले जानकारी दिनुभयो ।।