२०८१ असोज १९ गते शनिवार

समुदायमा दलितप्रति गरिने बिभेद कायमै



दाङ, ३ पुस ।
दलित समुदायप्रति अझैपनि भेदभाव बिद्यमान रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । २१ औँ शताब्दीमा आउदा समेत दलित समुदायप्रति गरिने ब्यबहार परिवर्तन हुन नसकेको सहभागिले बताएका हुन् ।
बोल्ने बक्ताले दलितप्रति गैरदलितको हेपाह प्रबृत्तिको अन्त्य हुन जरुरी रहेको समेत बताएका हुन् । दलित सेवा संघले २८ औँ साधारण सभा तथा सातौ अधिवेशनको अवसरमा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघका संस्थापक अध्यक्ष मोतीलाल नेपालीले दलित र गैरदलित बिचको खाडल बढ्दै गएको बताउनुभएको छ । उहाँले अझैपनि समुदायमा दलितप्रति गरिने बिभेद कायमै रहेको बताउदै यस्को अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

संबिधानमा दलितका हक अधिकारका बिषय उल्लेख गरेपनि ब्यबहारमा कार्यान्वयन हुन नसक्नु आफुहरुका लागि ठुलो चुनौती रहेको समेत उल्लेख गर्नुभयो । त्यसैगरि कार्यक्रमका सभापति समेत रहनुभएका संघका केन्द्रिय अध्यक्ष ईश्वरी बिकले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदन प्रस्तुत गर्दै उहाँले जातिय उत्पीडनका बिरुद्ध सञ्चालनमा रहेको संघले समाजमा बिद्यमान बिभेदका बिरुद्धमा आवाज उठाउदै आईरहेको बताउनुभयो । अहिलेको २१ औँ शताब्दीमा आउदा समेत दलित वर्गप्रति गरिने ब्यबहार खेदजनक रहेको उहाँले प्रतिवेदनमा प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदनमा शासन ब्यबस्था परिवर्तन भएपनि दलित समुदायको अबस्था परिवर्तन हुन नसकेको बताउनुभयो । केहि बर्षपहिले रुकुममा भएको नवराज बिक हत्या प्रकरणबारे स्मरण गर्दै उहाँले सबै पक्षबाट सोचे अनुरुपको साथ नपाएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्र्मुख श्यानी चौधरी, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, संघका संरक्षक रमेश गजमेर, जोगेन्द्र बिश्वकर्मा लगाएतकाले समाज परिवर्तन गर्न आफुबाट पहिले सुरुवात गर्नु पर्ने बताएका छन् ।

संघका केन्द्रिय उपाध्यक्ष बिट्ठु टमाटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सञ्जु बिकले गर्नु भएको हो । संघका देशका बिभिन्न ५६ जिल्लामा शाखा बिस्तार रहेको छ ।।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार