२०८१ जेष्ठ ३१ गते बिहिवार

घोराही नगर प्याब्सनको हिज्जे प्रतियोगिता सम्पन्न, भलिबलको फाइनल भोलि



दाङ, ९ पुस ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) घाेराही नगर समितिकाे आयाेजनामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका बिच हिज्जे प्रतियाेगिता सम्पन्न भएकाे छ ।

प्रतियोगितामा माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका अभिनव भुसाल, अनुष्का खनाल र सुयास दाहाल प्रथम, राप्ती आवासीय माविका राजकुमार राना, दिपसन गिरी र सुस्मिता सुनार द्वितीय र मेचीकाली आवासीय माविका नन्दिता श्रेष्ठ, विपुल यादव र दिपेश डाँगी तृतीय भएका थिए ।प्रतियोगितामा ३६ वटा विद्यालय सहभागी भएका थिए ।

अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन दाङका बरिस्ठ सल्लाहकार केशव थापाकाे प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा प्याब्सन दाङका बरिस्ठ सल्लाहकार जीवनकुमार आचार्य , उपाध्यक्ष चक्रबहादुर रावत लगायतले मन्तव्य राखेका थिए ।उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

यसैबीच घाेराही नगरकाे आयाेजनामा विद्यालय स्तरीय शिक्षक भलिबलकाे पहिलाे चरणकाे खेल सम्पन्न भएकाे छ । पहिलाे चरणमा दीपशिखा मावि र युनिक मिड वेस्टर्नबिच भएकाे खेलमा दीपशिखा मावि विजयी भएकाे छ।जनज्योति विद्या मन्दिर र अर्किड एकेडेमीका बिचमा भएकाे खेलमा अर्किड एकेडेमी विजयी भएकाे हाे ।मेचीकाली मावि र रमना पाठशालाबिच भएकाे खेलमा मेचीकाली मावि विजयी भएकाे छ।

पशुपति विद्याश्रम र रमना शान्ति सुधा माविबिच भएकाे खेलमा पशुपति विद्याश्रम विजयी भएकाे छ।स्टार मावि र विद्या निलकण्ठ माविबिच भएकाे खेलमा स्टार मावि विजयी भएकाे छ।ज्याेतिपुञ्ज आवासीय मावि र शान्ति निकेतनबिच भएकाे खेलमा ज्याेतिपुञ्ज आवासीय मावि विजयी भएकाे छ।

भाेलि हुने फाइनल खेलमा दीपशिखा मावि, अर्किड एकेडेमी, मेचीकाली मावि, पशुपति विद्याश्रम, स्टार मावि, ज्याेतिपुञ्ज आवासीय, ज्ञानज्याेति एजुकेसनल एकेडेमी र गाेरखा इन्टरनेस्नल पब्लिक सेकेन्डरी स्कुल सहभागी हुनेछन् । आज पहिलाे चरणकाे खेलमा ज्ञानज्याेति एजुकेसनल एकेडेमी र गाेरखा इन्टरनेस्नल पब्लिक सेकेन्डरी स्कुल बाइमा परेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार