२०८२ जेष्ठ ५ गते सोमवार

तुलसीपुरमा एक युवक माथि खुकुरी प्रहार



तुलसीपुर, ४ माघ ।
तुलसीपुरको सुकौरा रोडमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुर प्रहारबाट तुलसीपुर उपमहानगरपालिका -६ गोलौरा निवासी १९ वर्षका कमल परियार घाइते हुनुभएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

मंगलबार साँझ साढे ७ बजे सुकौरा रोडमा कमल परियार माथि स्थानीय हेम परियार र विजय परियारले खुकुरी प्रहार गरेको पीडित परिवारले जनाएको छ । कमलको बाहिरबाट लगाएको जाकेट काटिएर पनि भित्र शरिरमा गहिरो गरेर काटिएको छ ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार