दाङ, ६ माघ ।
दाङ जिल्ला अन्तर विद्यालयस्तरिय छात्र-छात्रा फुटसल प्रतियोगिता आजदेखि तुलसीपुरमा सुरु भएको छ ।
नेशनल प्याब्सन तुलसीपुर नगरको आयोजनामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख खड्काले सिङ्गो खेलकुद क्षेत्र राष्ट्रको सान र गौरव भएको बताउनुभयो । स्वस्थ जीवनशैलीका लागि खेलकुद आजको आवश्यकता र अन्तराष्ट्रिय स्तरमा राष्ट्रिय झन्डा फहराउदै राष्ट्रिय पहिचान कायम गर्ने एक मात्र दरिलो माध्यम खेलकुद नै भएको उहाँले बताउनुभयो ।
नेशनल प्याब्सन तुलसीपुर नगर कमिटीका उपाध्यक्ष सुमन केसीको स्वागतबाट शुरु भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्दिय उपाध्यक्ष सुबोध कुमार डाँगी,तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
नेशनल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष शालिकराम कार्किको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न कला, संस्कृती झल्कने तृत्य प्रस्तुत गरिएको हो । त्यस अवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ल, नेशनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्मा, जिल्ला अध्यक्ष बिमल गौतम, जिल्ला सचिब ठाकुर प्रसाद डाँगी,लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सहजीकरण नगर सचिव मेघराज पोख्रेलले गर्नु भएको हो । यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न पहिलो चरणको खेलमा छात्र तर्फको खेलमा ज्ञान ज्योती तुलसीपुर, मिडवयस्ट प्वाइन्ट एकाडेमि खैरेनी, शिखा बोर्डिङ स्कुल तुलसीपुर, लक्ष्य एकाडेमी तुलसीपुर, बाल सहारा तुलसीपुरले बिजयी यात्रा सुरु गरेका छन् । प्रतियोगिता माघ ८ गते सम्म चल्नेछ ।