२०८० चैत्र १६ गते शुक्रवार

तुलसिपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुदै



१८ माघ दाङ ।
तुलसिपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ ।महेन्द्र माबी तुलसिपुरको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा यहि फागुन ४ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बेल्झुन्डी रंगशालामा हुनेछ ।
४ दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र र छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिन थ्रो र सटपुट छात्ररछात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।


प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका सामुदायिक तथा निजि बिधालय गरि ३० बढी बिधालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र र छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।
यसैबिच प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको महेन्द्र माबी तुलसिपुरले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ । प्रतियोगिता लाई भब्य एवं सभ्य तवर ले सम्पन्न गर्न आयोजक महेन्द्र माबी तुलसिपुरले भेलाको आयोजना गरि बिधालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि राज लहरे अरुण संयोजक रहेको ९ सदस्यिय प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरेकोछ ।

जसको सदस्य सचिवमा बिधालयका प्रधानाध्यापक जित बहादुर थापा,सदस्यहरुमा सुर्य बहादुर बस्नेत,नेत्रमणी पाण्डे, लेखनाथ शर्मा,नोखी रावत,लक्ष्मण बस्नेत,घनश्याम डागी, राजिव ओझा रहनु भएकोछ। त्यस्तै भेलाले राष्ट्रपति रनिङ शिल्डमा उमेरको हदमा १८ वर्ष नाघेको र तुलसिपुर नगर क्षेत्र बाहिरको छात्र छात्रा बिधालयबाट सहभागी गराएको प्रमाणित भएमा सम्बन्धित बिधालय लाई एक वर्ष रनिङ शिल्ड प्रतियोगितामा प्रतिबन्ध लगाउने भेलाले निर्णय समेत गरेकोछ । साथै मुल समितिले प्रतियोगिता लाई व्यवस्थित र मर्यादित बनाउन मुल समितिको मातहतमा रहने गरि आगामी बैठकबाट विभिन्न उपसमिती बनाउने तयारी गरेको मुल समिती संयोजक ऋषिराज लहरेले जानकारी दिनु भएको छ ।

भेलामा तुलसिपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा,तुलसिपुर नगर क्षेत्रका सामुदायी तथा निजि बिधालयका प्रधानाध्यापक एवं प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार