२०८१ फाल्गुन ६ गते मङ्गलवार

टर्की र सिरियाको सिमानामा भूकम्प मृत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै



एजेन्सी-
टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै भएको छ ।

अहिलेसम्म टर्कीमा २९ सय भन्दा धेरै र सिरियामा १४ सयभन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । १५ हजारभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार हिजो राति सबैजना सुतेका बेला ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो ठूलो भूकम्प पछि ७ दशमलव ५ रेक्टर स्केलको अर्को भूकम्प पनि गएको अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले खबर लेखेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

तर भूकम्पका कारण भत्किएका हजारौं घरभित्र फसेका र पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको उद्धारकर्ताले बताएका छन् । भूकम्प प्रभावित टर्की र सिरियामा सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय निकायले अपील गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार