२०८१ असार ४ गते मङ्गलवार

प्याब्सन आधारभुत स्तरिय फुटबल प्रतियोगिता सुरु



तुलसीपुर, २८ माघ ।
प्याब्सन आधारभुत स्तरिय फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । दाङको बेल्झुण्डीमा निजि तथा आवासीय अर्गनाइजेशन प्याब्सन तुलसीपुर नगरको आयोजनमा संचालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले गर्नु भएको हो ।

नगर प्रमुख खड्काले खेलकुद आम नागरिकको पहुँचमा हुन आवश्यक रहेको बताउनुभयो । यसका लागि स्थानीय स्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्ने दायित्व, जिम्मेवारीका साथ आफू लागि पर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, नेशनल प्याब्सन तुलसीपुरका नगर अध्यक्ष शालिकराम कार्की, अप्टिमिष्ट तुलसीपुर अध्यक्ष मान बहादुर बस्नेत लगाएतले खेलले आफु स्वस्थ मात्र नभएर यसबाट जिविको पार्जन गर्न सकिने बताउनु भएको छ ।

यसैबिच प्रतियोगिताको उद्घाटन समारोह लगत्तै सहभागी विद्यालयका प्रधानाध्यापक र पत्रकार बिच भएको मैत्रीपूणर् फुटबल प्रतियोगितामा पत्रकारको टिम शून्यका विरुद्ध ३ गोलले बिजयी भएको छ ।

फागुन १ गते सम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयले क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार कप मेडल तथा प्रमाणपत्र हात पार्ने छन् ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेस्ट प्लेयर, बेस्ट किपर, बेस्ट डिफेन्स, हाई स्कोरर खेलाडी लाई ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा २७ विद्यालयका फुटबल टिमको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार