२०८१ जेष्ठ ९ गते बुधवार

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता तुलसीपुरमा सञ्चालन हुने



तुलसीपुर, २८ माघ ।
दाङको तुलसीपुरमा अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगिता संचालन हुने भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा आउदो फागुन ११ गतेदेखि १७ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगिता संचालन गर्न लागेको युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)ले जानकारी दिनुभयो ।

८ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ३० जना भारतीय पुरुष खेलाडी, २ जना भारतीय महिला खेलाडी र ५ जना नेपाली पुरुष खेलाडी सहित जम्मा ३७ जना खेलाडीको सहभागिता रहेने अध्यक्ष लहरेले वताउनुभयो । नेपालमा कुस्ती प्रतियोगिताले उचित स्थान नपाइरहेको अवस्थामा कुस्ती प्रतियोगितालाई नेपालमै स्थापित गर्ने उद्देश्यले दाङमा यो प्रतियोगिताको आयोजना गर्न लागीएको हो ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार