दाङ, २८ माघ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सैद्धान्तिकसंगै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आइडियल इंग्लिस बोर्डिङ स्कुलको २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख प्रमुख खड्काले पाठ्यक्रममा स्थानीय कला संस्कृति,भाषा, पर्यटन प्रवद्र्धन लगायतका विषयवस्तु समावेश गरी नैतिकवान असल नागरिक उत्पादन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले बालबालिकाको पढ्न पाउने अधिकारलाई सुरक्षित र संरक्षण गर्न विद्यालयको भूमिका महत्वपूणर् रहने बताउनुभयो । उहाँले बालबालिकालाई कुलतबाट बच्न तथा सही मार्ग दिशानिर्देश गर्न घर परिवार र विद्यालयको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो ।
अभिभावक भेलामा विद्यालयका पदाधिकारी भिगोर कोजिकानमले गोलबल लेभलमा प्रतिस्पर्धा हुन सक्ने जनशक्ति उत्पादन गर्ने आइडियल इंग्लिश बोर्डिङ स्कुलको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
त्यस अवसरमा विद्यालयमा पुर्याएको योगदानको उच्च कदर गर्दै शिक्षक जुनु धिताल, सरिता बोहोरा, मनिषा बस्नेत, अजित खनाल र उत्कृष्ट अभिभावकको रुपमा मुना रावललाई सम्मान गरिएको छ ।
प्रत्येक विद्यार्थीलाई अनुशासन तथा आत्मविश्वास वृद्धि गर्न मंचमा सहभागिता गराई आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न गीत , गजल, नृत्य, नाटक लगायत सन्देशमुलक कथा कविता हरु प्रस्तुत गरेका छन् ।
कोभिडका कारण विगत २ वर्ष देखि स्थगीत रहेको अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको विमला कोजिकनमले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण क्रिस्टिना बुढाथोकी, दुष्यन्त वस्नेत र सुनिल श्रेष्ठले गर्नुभएको हो ।