२०८२ बैशाख ३१ गते बुधवार

नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माबी तुलसिपुर लाई



तुलसीपुर ८,फागुन ।
तुलसिपुर नगर स्तरिय अन्तर बिद्यालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी गोरखा मा.बी तुलसिपुरले जितेको छ ।
महेन्द्र मा.बी तुलसिपुरको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा संचालित प्रतियोगितामा १४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेर गोरखा माबी तुलसिपुरले उपाधी जितेको हो ।
त्यस्तै ग्रेट अरनिको मा.बी तुलसिपुर ६ स्वर्ण,३ रजत र ६ कास्य पदकका साथ दोश्रो हुदा गुरुजजुर नमुना मा.बी रक्षाचौर ४ स्वर्ण,४ रजत र ६ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार हात पार्‍यो ।
तिन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स,भलिबल, कबडी, कराते छात्रार छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका निजि तथा सामुदायीक गरि ३४ बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह आयोजक महेन्द्र मा.बी तुलसिपुर बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि राज लहरे (अरुण)को अध्यक्षता ,तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा  जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको विशिष्ट आतिथ्यतामा भएको थियो । सो अबसरमा बिजेता, उपबिजेता खेलाडी लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार